दाङ, १९ भदौ । दाङका विभिन्न सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा १० थान भरुवा बन्दुक बरामद गरेको छ । शुक्रबार बिहान ५ः३० बजेदेखि ८ः०० बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा उक्त बन्दुकहरू बरामद गरेको हो ।
प्रहरीका अनुसार बबई गाउँपालिका–४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ थान, बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट १ थान, र लमही नगरपालिका–३ स्थित जखेरा सामुदायिक वनबाट ५ थान गरी १० थान भरुवा बन्दुक बरामद गरिएको हो । बरामद गरिएका बन्दुकहरू कसले र के प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र १९ गते शुक्रवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।