२०८३ भाद्र १६ गते मङ्गलवार

तुलसीपुरका मेयर खड्का घरमै लडेर घाइते

तुलसीपुर, १६ भदौ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का घरमै लडेर घाइते हुनुभएको छ। बिहान उठेर गोठको सामान्य काम गर्ने क्रममा भर्‍याङबाट चिप्लिएर लड्दा मेयर खड्काको बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो।

घाइते मेयर खड्काको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि उहाँलाई नेपालगञ्ज लगिएको  छ। उहाँको उपचारका लागि परिवारका सदस्यसहित तुलसीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विक र वडा नं. १३ का वडाध्यक्ष मोहन पौडेल पनि नेपालगञ्ज जानुभएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।