दाङ,१६ भदौ । दाङको लमही नगरपालिका–६ देउपुरबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमही नगरपालिका–७, कमानपुर निवासी २५ वर्षीय परीवर्तन बुढामगर रहेका छन्। उनलाई आइतबार बेलुकी ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले देउपुर क्षेत्रमा जाँच गर्ने क्रममा बुढामगरलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।