२०८३ भाद्र १० गते बुधवार

रसुवा बाढीपछि सल्यानका दर्जनौँ नागरिक सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि अपिल

सल्यान १० भदौ ।  रोजगारीका सिलसिलामा रसुवा पुगेका सल्यानका दर्जनौँ नागरिक भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजी तथा उद्धारका लागि पहल भइरहेको छ।

हालसम्म प्राप्त विवरणअनुसार जिल्लाका विभिन्न स्थानीय तहबाट रोजगारीका लागि रसुवा पुगेका नागरिकमध्ये केही घाइते अवस्थामा भेटिएका छन् भने अधिकांशको अवस्था अझै अज्ञात रहेको बताइएको छ। सम्पर्कविहीन हुनेहरूको संख्या अझै बढ्न सक्ने भएकाले नाम संकलनको काम जारी रहेको जनाइएको छ।
हालसम्म प्राप्त विवरण त्रिवेणी गाउँपालिका प्रेम महतरा, पोशन महतरा, रूपलाल विक, निमकुमार विक, लालसिंह विक र प्रकाश विक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।कुमाख गाउँपालिका गणेश राना, दुर्गा राना, नवीन राना, चित्रबहादुर राना, नन्दराम राना, झ्यासे राना र निमप्रकाश राना सम्पर्कविहीन रहेको जनाइएको छ।

बनगाड कुपिण्डे नगरपालिका गिरिलाल बुढाथोकी घाइते अवस्थामा रहेको जनाइएको छ। त्यस्तै सुनिता बुढाथोकी, डिला बुढाथोकी, निर्मला बुढाथोकी, निराजन बुढाथोकी, केशव बुढाथोकी, गगन बस्नेत तथा चित्रबहादुर पुन उनकी श्रीमती र छोरा सम्पर्कविहीन रहेको विवरण आएको छ। दिपक यरी उनकी श्रीमती र छोरीको अवस्था पनि अज्ञात रहेको जनाइएको छ।
शारदा नगरपालिका प्रमिला बुढाथोकी, लक्ष्मी बुढाथोकी, प्रबिन बुढाथोकी, रीता बुढाथोकी र रिमबहादुर बुढाथोकीको अवस्था खोजी भइरहेको छ।

बागचौर नगरपालिका आयुस खड्का सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।सिद्धकुमाख गाउँपालिका हिरालाल बुढाको अवस्था खोजी भइरहेको छ। उहाँकी एक दिदी र एक बहिनी तथा भिनाजु र ज्वाइँसमेत सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ।भोटेकोशीमा आएको बाढीपछि रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सल्यानबाट रोजगारीका लागि त्यहाँ पुगेका अन्य व्यक्तिहरू पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भइरहेकाले थप नाम तथा विवरण संकलन भइरहेको जनाइएको छ।

रसुवा तथा आसपासका क्षेत्रमा रहेका सल्यानवासी, स्थानीय प्रशासन, सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित सबैलाई सम्पर्कविहीन नागरिकको खोजी, उद्धार तथा राहत कार्यमा सहयोग गरिदिन अपिल गरिएको छ।
सम्पर्कविहीन व्यक्तिबारे कुनै नयाँ जानकारी प्राप्त भएमा सम्बन्धित परिवार, स्थानीय तह तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया