२०८३ बैशाख ७ गते सोमवार

तुलसीपुरमा ब्राउन सुगरसहित पक्राउ परेकाहरुको नाम सार्वजनिक

तुलसीपुर, ७ वैशाख । दाङको तुलसीपुरमा ब्राउन सुगर र चरेशसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तीनगर गाउँपालिका–५ निवासी २९ वर्षीय उद्धव शाह, अर्घाखाँचीको शितगंगा नगरपालिका–८ निवासी २८ वर्षीय शुक्रबहादुर कुमाल र जाजरकोटको छेडागाड नगरपालिका–१२ निवासी २५ वर्षीय विजय सिंह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्य शाहको साथबाट प्रहरीले एक ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । त्यसैगरी कुमाल र सिंहको साथबाट ८ सय ९५ ग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दनिुभयो । प्रहरीले गोप्य सूनाको आधारमा तुलसीपुरको बसपार्कबाट तीनैजनालाई दिउँसो करिब ४ः१० बजे नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया