काठमाण्डौ, ७ कात्तिक । गायक बाबुल गिरीको स्टूडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा आज मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरेका हुन । कात्तिक १ मा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गर्नु भएको थियो । यो स्टुडियो गायक बाबुल गिरीको हो ।
आत्मदाहको प्रयास गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताउनु भएको छ ।
आत्मदाह प्रयासबाट गम्भीर घाइते भएपछि पौडेललाई उद्धार गरेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । गायक गिरी पनि सामान्य घाइते भएपछि उपचार गराइएको थियो । गिरी केही दिनमै डिस्पचार्ज हुनुभएको थियो । गायिकाले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेख्दै भन्नुभएको थियो “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”


















