
काठमाडौं, २८ भदौ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल चलिरहेको छ। स्रोतका अनुसार, आजै नामावली टुंगो लगाउने तयारी भइरहेको छ र आइतबार मन्त्रिपरिषद् विस्तारको निर्णय सार्वजनिक गरिनेछ।
प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग विस्तृत छलफलमा जुटेकी छिन्। पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्।
प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार