अनुसन्धान विभागको नेतृत्वमा फेरबदल, जोशी र कार्की दौडमा

काठमाडौँ, २८ भदौ। नयाँ सरकार गठनसँगै राष्ट्रीय अनुसन्धान विभाग नेपालको नेतृत्व चयन प्रधानमन्त्री सुशीला कार्कीको पहिलो चुनौती बनेको छ। विभाग प्रमुख हुतराज थापा आजदेखि अवकाशमा गएपछि ओम जोशी र टेकेन्द्र कार्की नयाँ प्रमुखको दावेदारका रूपमा अघि आएका छन्।

एक जना जनसम्पर्कमा माहिर र अर्का प्रशासनिक अनुशासनमा दृढ मानिन्छन्। तर पछिल्लो जेन-जी आन्दोलनका क्रममा अनुसन्धान विभाग समयमै सूचना संकलन र सम्प्रेषणमा असफल भएको स्पष्ट भइसकेको छ।

निर्वाचनको संवेदनशील घडीमा प्रधानमन्त्री कार्कीले योग्य र सक्षम नेतृत्व चयन गरेर विभागको विश्वसनीयता पुनःस्थापना गर्ने अवसर पाएकी छन्।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया