२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा भूँइमा लत्रिएको तारमा करेन्ट लाग्दा दुई जना घाइते

फाइल फाेटाे

तुलसीपुर, ६ असार । तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँमा आज बिहान करिब ५ः३० बजे जमिनमा लत्रिएको बिद्युतको तारमा छुँइदा दुई जना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ बेलगनार निवासी रा १ प ७७७० नम्बरको मोटरसाइकल चालक ४८ वर्षका देसुराम चौधरी र तुलसीपुर–१० बनगाउँ निवासी साइकल यात्री ५२ वर्षीय चक्रपाणि अधिकारी रहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख सुर्य रानाले जानकारी दिनुभयो ।गाउँबाट तुलसीपुर बजारतर्फ आउँदै गर्दा चुँडिएर भूइमा लत्रिएको तारमा छुँइदा दुबैजनालाई करेन्ट लागेको थियो ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।