२०८३ कार्तिक ९ गते आइतवार

तुलसीपुर १३ मा ६९ घरपरिवारलाई जस्तापाता वितरण

तुलसीपुर, २९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १३ खरको छानो मुक्त वडा बनाउने अभियानमा लागेको छ । वडा कार्यालयले घरको छानो विस्थापन गरेर टिनको छानो लगाउने अभियानलाई तीव्रता दिएको हो । सो अभियान अन्र्तगत २ वर्षमा ६९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको वडा कार्यालयले जनाएको छ । टिनको छानो लगाउनलाई गत आर्थिक वर्ष २०८०।०८१ मा ४२ घरपरिवारलाइ जस्ता पाता विरतण गरेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २० घरलाई विरतण गर्ने लक्ष्य रहेकोमा १७ घरपरिवार वितरण गरि सकिएको उहाँले बताउनु भयो । उहाँका अनुसार अव यस वर्षमा ३ घर परिवारलाई विरतण गर्न बाँकी रहेको छ । वडा नंबर १३ का जंगल वरपर रहेको घरहरु आगलागीको जोखिममा हुने भएकाले त्यस्ता घरपरिवार छनोट गरेर टिन वितरण गर्ने गरेको उहाँले बताउनुभयो । यसैगरी दलित, गरिव, विपन्न, एकल महिला भएको घर परिवारलाई पनि जस्तापाता वितरण गर्दै आएको बताउनुभयो । उहाँ अनुसार जसले आफै कमाएर घरमा टिनको छानो फेर्न सक्दैन त्यस्ता वडावासीको छानामा वडाले टिन लगाइदिने गरेको छ । यति मात्र नभइ वडाले जीर्ण भएको घरमा आश्रय लिइरहेका वडावासीका लागि घर समेत निर्माण गरिदिएको छ । गत वर्ष २ र यस आर्थिक वर्षमा १ गरी तीन वटा घर निर्माण गरिदिएको वडा अध्यक्ष पौडेलेले बताउनुभयो । पानी चुहिने, बाँसको बार बनाएर बसेका घरपरिवारले नयाँ घर पाएपछि खुशी भएका छन् । साथै उनीहरुको दैनिकी समेत सजह बनेको छ । सधैँ वर्षामा चुहिने र जीर्ण घरमा बस्दा धेरै पानी परेपछि भत्किन्छ कि भन्ने डरत्रासमा बसेका नागरिकहरु त्रासबाट मुक्त भएका छन् ।।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।