काठमाण्डौ, २१ बेशाख । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षका बलिराम सहनी र उहाँकी छोरी ४० वर्षकी उर्मिलादेवी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो ।
आज बिहान चन्द्रनिगाहपुरबाट निजगढतर्फ गुडिरहेको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ गुडिरहेको कारले ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको रायले बताउनुभयो ।।
प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।