२०८३ कार्तिक ९ गते आइतवार

दाङको सांग्रिला प्लाई उद्योगमा करिव १० घण्टादेखि लागेको आगो अझै नियन्त्रणमा आएन

तुलसीपुर, ११ चैत्र । दाङको सांग्रिला प्लाई उद्योगमा गएरातीदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन् । घोराही उपमहानगरपालिका–९ खैरामा ७ विगाह क्षेत्रफलमा फैलिएर रहेको सांग्रिला प्लाई उद्योगमा गएराती १ बजेतिरबाट भीषण आगलागी प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि छ वटा दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाकाका ३ वटा, नेपालगञ्जका २ वटा र कपिलवस्तुको १ वटा गरी ६ वटा दमकल प्रयोग गरिएको छ ।तर पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीका कारण वरपरको वस्ती जोखिममा छ । तर वस्ती टाढा भएकाले ठुलो जोखिम नभएको डिएसपी शाहले बताउनुभयो । प्रहरीका अनुसार बिहान साढे ९ बजेसम्म पनि आगो लागीरहेको छ । आगोले उद्योगमा ठूलो क्षति पुर्‍याएको छ । उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ लगायतका सामान जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन् ।।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।