तुलसीपुर, १५ फागुन । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका एकजनाको मृत्यु भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल तुलसीपुर–८ चमिखोला नजिकै हिजो साँझ सवा ७ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर–८ निवासी ४८ बर्षीय लक्ष्मी प्रसाद चौधरी र मोटरसाइकलमा पछाडी सवार रहेका तुलसीपुर–२ का ३५ बर्षीय कबिराम चौधरी गम्भिर घाइते हुनुभएको थियो ।
घाइते मध्य तुलसीपुर–२ का ३५ बर्षीय कबिराम चौधरीको उपचारकै क्रममा गएराती २ बजेको समयमा नर्सीङहोम नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । अर्का घाइतेको अहिले उपचार भइरहेको छ ।।
प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।