२०८३ कार्तिक ११ गते मङ्गलवार

एक महिनाभित्र नयाँ आप्रवासन नीति जारी गर्ने सरकारको तयारी

काठमाण्डौँ, २६ पुष । सरकारले एक महिनाभित्र नयाँ आप्रवासन नीति जारी गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आप्रवासन नीतिको मस्यौदा तयार गरिसकेको छ । त्यसलाई अन्तिम रुप दिएर एक महिनाभित्र जारी गर्ने तयारी गरिएको मन्त्रालयका सूचना अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीका लागि घरबाट निस्किएदेखि फर्केर पुन ः स्थापित हुने सबै चरणलाई सम्बोधन गर्नेगरि समग्र आप्रवासन नीति ल्याउन लागिएको हो । श्रम विज्ञ गणेश गुरुङ नेतृत्वको टोलीले श्रममन्त्री शरतसिंह भण्डारीलाई गत भदौमा मस्यौदा बुझाएको थियो ।।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।