दाङ, २४ पुष । शीतलहर र हुस्सुले तराईको जनजीवन प्रभावित बनेको छ । जाडो बढेसँगै ज्येष्ठ नागरिक,बालबालिका र मजदुरहरू बढी प्रभावित भएका छन् । चिसोबाट जोगाउन विभिन्न पालिकाहरूले चोकमा दाउरा बाल्ने प्रबन्ध पनि मिलाएका छन् । तर यतिले अपुग भएको सर्वसाधरणले गुनासो गरेका छन् ।
विशेषगरी यो बेलामा एक वर्षमुनिका बालबालिका र ७० वर्ष काटेका वृद्धवृद्धालाई निमोनिया हुने जोखिम भएकाले उनीहरूलाई जोगाउन आवश्यक रहेको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताउनुभयो । चिसोका कारण हिमाली बस्तीहरूमा पशुबस्तुहरूसमेत प्रभावित भएका छन् । डोल्पा, मुस्ताङ, मनाङ, उत्तरी गोरखा, सोलुखुम्बु र रसुवाका किसानलाई याक, चौँरी, भेडा र च्याङ्ग्रा बचाउन कठिन हुन थालेको स्थानीयले बताएका छन् ।
चिसोका कारण स्वास्थ्यमा समस्या हुँदा पशुचौपायासमेत मर्ने गरेको भए पनि यसको यकिन तथ्याङ्क भने सङ्कलन हुन नसकेको पशु सेवा विभागले जनाएको छ । विभागकाअनुसार किसानले आवश्यक हेरचाह र आहाराको व्यवस्था गरेर पशुचौपायालाई चिसोबाट बचाउन सकिन्छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।