२०८३ मङ्सिर ९ गते बुधवार

खुशी दिनको प्रखाइमा चरम यातना सहेर बसेकी हस्ती कहिल्यै नआउने गरि अस्ताइन्  !

दाङ,३ पुष । ‘बिहानको करिब साढे १० बजेको थियो । घरमै बसेको थिए । सरासर आयो । दिदी मैले त मारे । जम्मै खिचखिच गरिहरन्थी । सहन सकेन । यसो हेरे हातमा रगत लागेको देखेर म पनि डरले थर थर काम्न थाले । ऊ घरबाट निस्क्यो बारीबारी दौडेर गयो । वरपर छिमेकीलाई खबर गरेर हेर्न जाँदा त टाउकोमा छियाछिया पारेर कोटेको रहेछ हेर्नै सकेन ।’  तुलसीपुर उपमहानगरपालिका –२ घोरबण्डा निवासी  २९ वर्षका चित्र बहादुर बुढाथोकीले ३० वर्षकी श्रीमती हस्ती कुमारी  बुढाथोकीको विभत्स हत्या गरेपछिको घटनाक्रम सुनाउँदै छिमेकी कमला थापा । पूर्व वडा सदस्य समेत रहनुभएकी कमला थापाको घरमा गएर अभियुक्त चित्र बहादुरले घरमा श्रीमतीको हत्या गरेर आएको भन्दै अटोको ब्लुबुक, लाइसेन्स र पैसा राखिदिन भनेपछि गाली गरेको बताउनुभयो ।

हत्या गरिएकी हस्तीकुमारी बुढाथोकी 

 

घरमा दुई नाबालक छोरा, श्रीमान र श्रीमती बस्दै आएका थिए । हत्या आरोपी श्रीमानले अटो चलाउँथे । घरमा प्रायजसो झगडा परिरहन्थ्यो । स्थानीयका अनुसार परस्त्रीसँग लागेका अभियुक्त बुढाथोकीले कुटपिट गरिरहन्थे । श्रीमानको टोकेसो र कुटपिटका कारण उनको शरीरमा नीलडामले कहिल्यै छोडेन । जसका कारण कामै परे जान्थिन् नत्र प्रायजसो लाजले घरबाट बाहिर निस्कने र छिमेकीकोमा जान्नथिइन् ।   दुईजनाको घरगृहस्थी सुधार गर्नका लागि माइती र छिमेकीले धेरैपटक सम्झाइ बुझाइ समेत गरे ।  केही चलेन । धेरै पटक प्रहरी र तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा समेत उजुरी पर्‍यो ।

तर श्रीमान र श्रीमतीको मेलमिलाप कहिल्यै हुन सकेन । गएको सोमबार साँझ आफ्नै अगाडि भिडियोमा परस्त्रीसँग कुरा गरेको उनले सहन सकिनन् र विवाद भयो । त्यसपछि श्रीमानबाट फेरि मरनासन्न हुनेगरि उनले कुटाई खाइन । त्यसको भोलिपल्ट मङ्गलबार हिजो मात्रै इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर कुटपिट गरिरहने भएकाले मेलमिलाप गराई पाउँ भनेर निवेदन दिइन् । डरत्रासका कारण साँझ दुई नाबालक छोरालाई लिएर छिमेकीकोमा गएर बास बसिन् । बिहान घरमा पुगेर खाना खुवाएर दुई छोरालाई स्कुल पठाइन । त्यस लगत्तै घरमा कोही नभएको मौका छोपेर श्रीमान चित्र बहादुरले घरभित्र हुलेर ग्राँसी प्रहार गरि विभत्स हत्या  गरे । यसरी हत्या गरे कि, छिमेकीलाई समेत घटना भएको थाहै भएन । त्यस लगत्तै अभियुक्तले रगतले लतपत्तीको ग्राँसीलाई घरपछाडी फालेर निस्कीए ।

अभियुक्त अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा छन् । अभियुक्तका विरुद्ध श्रमतीले इलाका प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक प्रकाश थापाले पुष्टि गर्नुभएको छ । तर छलफल नहुँदै घटना घटेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

श्रीमानको डरत्रासका कारण बाच्नकै लागि उनका कयौं दिन भोकै प्यासै वर्षायामको झरीमा रुझ्दैभिज्दै मकै बारीमा लुकेर वित्यो । क्यौदिन घरको कराँसामा कठ्याङग्रीदो चिसोमा नसुतेरै  वित्यो । कयौं दिन आफन्तको घरमा आश्रय लिएर वित्यो । तर हार खाइनन् । वर्षौदेखि श्रीमानको चरम यातना र पिडालाई समेत भुलेर सुःखका दिनको प्रखाइमा रहेकी हस्ती बुढाथोकीले घर नछोडेर बसीन् ।   आफ्ना सबै खुशी र रहलाई तिलाञ्जली दिएर श्रीमानलाई खुशी बनाउनकै लागि हेरक प्रत्यत्न गरिरहीन । अन्त: खुशी र सुखका दिनको प्रखाइमा बस्दा बस्दै संगै बाच्ने संगै मर्ने कसम खाएर विहे गरेका श्रीमानको हातबाट कहिल्यै नआउने गरि अस्थाइन ।

दुइ नाबालकको बिच्चल्ली 

मोबाइलमा भुल्दै गरेका दुई बालक

यसैबीच आमाको हत्या भएसंगै बाबु पक्राउ परेपछि दुइ नाबालक छोराको बिचल्ली हुने भएको छ । चित्रबहादुरको परिवार केही वर्ष अघि सल्यानबाट बसाइसराइ गरेर दाङ आएका थिए । बाआमा बाहेक बालकको आफन्त नभएकाले बिचल्ली पर्ने सम्भावना भएको स्थानीले बताएका छन् । दुइ नाबालकलाई यो समाचार तयार पार्दासम्म घटनाको विषयमा कुनै जानकारी दिइएको थिएन । घर अगाडि मानिसको ठूलो भिड र प्रहरी छन् ।

बालकहरुले सोध्छन् तर उनिहरुलाई विभिन्न बाहना गरेर भुलाउने प्रयास गरिन्छ । अबेर साँझसम्म स्कुल पोशाकमै रहेका बालकहरुलाई  घर भित्र जान नदिएर मोबाइल दिएर भुलाउने प्रयास गरिएको थियो । ती बालकहरुलाई पनि हत्या अभियुक्तले विभिन्न समयमा निर्घात कुटपिट गर्ने गरेका थिए । स्थानीयका अनुसार ११ वर्षका छोरा टिकारामलाई  अभियुक्तले बोरामा बाँधेर समेत बारी फोलेपछि आमा र स्थानीयले बचाएका थिए । 

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।