२०८३ कार्तिक १० गते सोमवार

सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह : मास्की

तुलसीुपर, २ पौष । लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादीका केन्द्रिय सदस्य धन बहादुर मास्की राजेशले सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नु भएको छ । नेपाल प्रेस सेन्टर तुलसीपुर शाखाको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नु भएको हो । कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका मास्कीले पत्रकारिताको माध्यमबाट हरेक पत्रकारले नेपाल र नेपाली तथा राष्ट्र र राष्ट्रियताको निम्ति सधैँ अग्रणी भूमिका निर्वाह गर्दै आएको भन्दै भन्दै आगामी दिनमा पनि यस्तो भूमिकालाई निरन्र्तता दिन पनि आग्रह गर्नु भयो ।

पत्रकारितामा पनि राजनितिक आस्थाका आधारमा संगठनहरु रहेको भन्दै जो जससँग आस्था राखे पनि सत्य,तथ्य निष्पक्ष रुमका कलम चलाउन आग्रह गर्नुभयो । आम नागरिकहरुको मौलिक अभिकारलाई स्थापित गर्ने सन्दर्भमा पत्रकारिता जगतले अग्रणी भूमिका निर्वाह गर्दै आएको भन्दै पछिसम्म पनि यस्तो भूमिका निर्वाह गरिरहनु पर्नेका जोड दिनुभयो । पत्रकारिता आफैँका वीरता, सत्यता, गम्भीर र साहसको काम भएकाले जोकोहीले यस पेशामा निरन्तर लाग्न नसक्ने बताउनु भयो । दुनियाँमा वर्गीय रहँदासम्म पत्रकारिताको आँखा पनि वर्गीय नै रहने उहाँको भनाइ थियो । सो अवसरमा बोल्दै दाङलाइ पर्यटकीय क्षेत्रको हव बनाउने कुरामा विभिन्न स्थानका पर्यकीय स्थलको स्तोन्नती गर्न आवश्यक रहेको भन्दै सुकौराकोट दरबारको काम अगाडि बढिरहेको बताउनु भयो । नेपाल प्रेस सेन्टर तुलसीपुर शाखाका उपाध्यक्ष दिपक बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष अजयदिप शर्मा रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, तुलसीपुर उपमहानगरपालिका १६ का वडाअध्यक्ष शिवानन्द डाँगी  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सदस्य विशाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको सहजीकरण दिपक केसीले गर्नु भएको थियो ।

यसैविच नेपाल प्रेस सेन्टर तुलसीपुर शाखाको दोस्रो अधिवेशनबाट टेकराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको छ । जसको उपाध्यक्षमा विशाल परियार, सचिवमा रिता केसी, सहसचिवमा कृष्ण अधिकारी, कोषाध्यक्षमा मन बहादुर बुढाथोकी, सदस्यहरुमा संगल सिंह घर्ती, दामोदर केसी, निकिता बुढाथोकी, हुम बहादुर नेपाली, युवराज केसी र जितेन्द्र खड्का चयन हुनुभएको छ ।।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।