२०८३ कार्तिक १० गते सोमवार

पत्रकार महासंघको निर्वाचान अन्र्तगत दाङमा १३७ मत खस्यो

तुलसीपर, २८ मंसिर । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ । दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो । जिल्ला, प्रदेश, केन्द्रीय र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो ।

यसै बीच नेपाल पत्रकार महासंघ दाङमा प्रदेश र केन्द्रको मतदान सम्पन्न भएको छ । विहान १० बजे देखि बेलुका ४ बजे सम्म भएको निर्वाचनमा कुल १ सय ३७ मत खसेको मुख्य निर्वाचन अधिकृत सुदिप गौतमले जानकारी दिएका छन् । कुल १ सय ५४ मतदाता रहेको महासंघको निर्वाचनमा ९३ दशमलव ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् ।

दाङमा यस अघि मनोनयन दर्ताका क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन भएपछि जिल्लाको चुनाव गर्न नपरेको हो । दाङमा सर्वसहमतीमा निर्वाचित भएसँगै सन्तोष सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व आएको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।