तुलसीपुर,५ मङ्सिर । दाङको तुलसीपुर उपहानगरपालिकाले चित्रकला प्रतियोगिता मार्फत अन्तराष्ट्रिय बालदिवस मनाएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ विश्वभर मनाइएको दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।
तुलसीपुर उपमहानगरस्तरीय बाल संजालका कार्यबाहक अध्यक्ष प्रशंसा केसीको अध्यक्षता एवम् नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख खड्काले बालबालिकाहरुले चित्रमार्फत समाजको चेतना अभिव्यक्त गर्न खोजेको बताउनुभयो ।
उहाँले बालबालिकाहरुमार्फत पालिकाभित्र चित्रकारको खोजी सुरु गरिएको बताउनुभयो । नगरप्रमुख खड्काले चित्रमार्फत् विभिन्न सकारात्मक चिन्तन प्रस्तुत गर्न खोजिएको बताउनुभयो । बालबालिकाहरुले चित्र मार्फत उनीहरुको अधिकारका कुराहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा मावि सेन्टर कक्षा ९ का छात्र निरज लामिछाने प्रथम, हाम्रो पहुँच सेकेन्डरी बोर्डिङ कक्षा १० का छात्रा मान्सी भण्डारी द्वितीय, शिखा बोर्डिङ स्कुल कक्षा ९ का छात्र वीरेन्द्र मगर तृतीय र डिभाइन टेम्पल बोर्डिङ स्कुल कक्षा १० का छात्रा साक्षी शाहले शान्त्वना स्थान हासिल गर्नुभएको थियो । विजयी छात्र छात्राहरुलाई नगर पुरस्कृत प्रदान गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक मानबहादुर रावतले बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागि चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगितामा २१ वटा विद्यालयका छात्र छात्राहरुको सहभागिता रहेको थियो । निर्णायक मण्डलहरुमा माया श्रेष्ठ, मनबहादुर खड्का र सन्तोष परियार रहनुभएको थियो कार्यक्रमको सञ्चालन करुणा बस्नेतले गर्नुभएको थियो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।