२०८३ कार्तिक ११ गते मङ्गलवार

टिकटक बनाउनेलाई अवसरः प्रथम हुनेलाई २० हजार रुपैयाँ पुरस्कार दिइने

काठमाडौँ,२ मंसिर । विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ । माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारी वा अन्य स्थानमा गई टिकटक बनाउन आग्रह गरिएको हो ।

नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन एफएओ को संयुक्त सहकार्यमा सो प्रतियोगिता हुने भएको हो । ‘माटो सुधारस् परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवस मनाइने भएको छ । सो नारामा आधारित रहेर बढीमा ४५ सेकेन्डको भिडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नुपर्ने छ ।

सो भिडियो  [email protected]  मा पठाउनुपर्ने छ । यो भिडियो यही मङ्सिर १५ गतेभित्र पठाइसक्नु पर्ने जनाइएको छ । प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र र उपहारहरू दिइने छ । डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।