२०८३ कार्तिक १० गते सोमवार

चार महिनामा ७ वटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति प्रदान

काठमाण्डौ, २ मंसिर । विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनामा सातवटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति दिएको छ । ती अयोजनाको क्षमता ६९ दशमलव दुई मेगावाट रहेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

यस्तै सौर्य ऊर्जातर्फ दुईवटा आयोजनालाई अनुमति दिएको छ । दुई वटाको कुल क्षमता ४० मेगावाट बराबर छ । यस्तै वायु ऊर्जातर्फ १० मेगावाट क्षमताको एउटा आयोजनालाई अनुमति दिएका महानिर्देशक सिंहले बताउनुभयो । यसरी गएको साउनदेखि कात्तिकसम्ममा एक सय १९ दमशलमव दुई मेगावाट क्षमताका १० वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् । विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । यही समयमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।

यस्तै २२ वटा विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र, सातवटा विद्युत् प्रसारण लाइनको निर्माण अनुमतिपत्र प्रदान गरेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।