तुलसीपुर, १ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी भर्ना छनौटको अन्तिम नतिजा प्रकाशनमा रहस्यमय ढिलाइ गरेको भन्दै उम्मेदवारले आक्रोश पोखेका छन् । उपमहानगरले अन्तरवार्ता लिएको झण्डै एक महिनासम्म नतिजा प्रकाशन नगरेपछि नगर प्रहरीकाे विभिन्न पदमा भागलिएका उम्मेदवारहरूले आक्रोश पोखेका हुन् । तयार पारेर रिजल्ट टाँस्नका लागि दिदा समेत अहिले सम्म सर्वजनिक नहुँनुले उपमहनगरपालिकाकाे नियत माथि संका गर्ने प्रसस्तै आधारहरु रहेकाे नगर प्रहरीकाे अन्तिम नतिजाकाे प्रखाइमा बसेका एक उम्मेदवारले गुनासाे गरे ।
अन्तिम नतिजा प्रकाशनका लागि नगर प्रहरी भर्ना छनौट समितिले असोज ८ गते लाहाछाप लगाएर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलाई बुझाएको थियो । मौखिक अन्तरवार्तामा सइ र असई १/१ जना, हवलदार ४ र जवान २७ जना समेत गरेर ३३ जनाले भाग लिएका थिए । जस मध्य उपमहानगरले निर्धारण गरेको कोटा अनुसार ११ जना नगर प्रहरी, २ जना हवलदार, १/१ जना सइ र असई समेत गरेर १५ जना उम्मेदवार छनौट गरेर लाहाछाप लगाइएको थियो ।
‘हामीलाई दिएको जिम्मेवारी अनुसार भर्ना छनौटका लागि गरिने सम्पूर्ण प्रकृया पुरा गरि १५ जना सफल उम्मेदवारको नाम सहित लाहाछाप लगाएर असोज ८ गते हाकीमलाई बुझाएका हौ । त्यो नतिजा भोलि पल्टै प्रकाशित हुनुपर्ने हो । तर अहिलेसम्म प्रकाशित नहुँदा म आश्चर्य चकित परेको छु । के कारणले ढिला भयो । किन रोकियो सचेत नागरिकले यसको खोजी गर्नुपर्छ ।’ भर्ना छनौट समितिका एक सदस्यले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत डाँगीको संयोजकत्वमा गठित ५ सदस्य नगर प्रहरी भर्ना छनौट समितिको सदस्यमा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख शेर बहादुर पुन मगर, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोखरेल, सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्पका डीएसपी मोहनराज विष्ट र उपमहानगरकी प्रशासन प्रमुख विष्णु कुमारी आचार्य हुनुहुन्छ । तर भर्ना छनौट समितिका सदस्य मध्य इलाका प्रशासन कार्यालयका प्रमुख शेर बहादुर पुन मगर र इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोखरेलको सरुवा भइसकेको छ ।
यता तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिका राम खड्काले भर्ना छनौटको अन्तिम नतिजा तयारी अवस्थामा भएपनि दशै पर्वका कारण प्रकाशनमा ढिलाई भएको बताउनुभएको छ । अन्तिम नतिजा प्रकाशनमा ढिलाई गर्नुमा कुनै स्वार्थ नरहेको बताउँदै छिट्टै प्रकाशन गर्ने तुलसीपुर खबर डटकमलाई प्रतिकृया दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाले करार सेवा अन्तर्गत नगर प्रहरीको विभिन्न पदका लागि २०८१ असार २० गते आवेदन खुल्ला गरेको थियो । जसमा एक सय ८७ जनाले आवेदन दिएका थिए ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।