धादिङ, १० असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिकै पहिरोले कार बगाएको छ भने यात्रुबाहक बसमा सामान्य क्षेति पुगेको छ । गल्छी गाउँपालिकाको चिरौदी पुल नजिक खसेको पहिरोले कार सडकबाट तल खोलामा खसालेको हो भने बसमा सामान्य क्षति पु¥याएको गजुरिका डीएसपी डिल्लीराज पाण्डेले बताउनुभयो । कारमा सवार ४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरिँदै छ । एआर ०११ ७९ नम्बरको भारतीय बसमा क्षति पुगेको हो । कारको भने नम्बर खुलेको छैन ।
पहिरोको कारण राजमार्ग अवरुद्ध भएको छ । ठूलो पहिरो खसेकोले पन्छाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ । पहिरो पन्छाउन निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरिएको छ । लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन्
प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।