२०८३ कार्तिक १२ गते बुधवार

जीप दुर्घटनामा परी २ जनाको मृत्यु

रामेछाप, ६ असोज ।  रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका मन्थली–४ का ६९ वर्षीय दिलीपकुमार बरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यसअघि मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य पदममाया नेपालीको घटनास्थलमै ज्यान गएको थियो । हिजो दिउँसो सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–४ सालुतर्फ गुडिरहेको बा १८ च १८३९ नम्बरको जीप भदौरेमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।