२०८३ कार्तिक १२ गते बुधवार

सल्यानमा दुई यातायात प्रालिका पदाधिकारीबिच कुटाकुट

सल्यान, असोज ५ ।  सल्यानमा दुई यातायात प्रालिका पदाधिकारीबिच कुटाकुट भएको छ । शारदा नगरपालिका–१ श्रीनगरमा रहेको बसपार्कमा काउन्टरको विषयमा विवाद हुदा दुई पक्षबिच कुटाकुट भएको हो । सल्यान रुकुम यातायात प्रालि र शारदा यातायात प्रालिबिच आ–आफ्नो काउन्टर अघि गाडी रोक्ने विषयमा आज बिहान विवाद हुँदा शारदा यातायात प्रालिका इन्चार्ज शारदा नगरपालिका–१ का २५ वर्षीय शिव प्रसाद कुँवरले तरवार प्रहार गर्दा सल्यान रुकुम यातायात प्रालिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।

डाँगीले प्रतिकार गर्दा कुँवर पनि घाइते भएको प्रहरीको भनाइ छ । घाइतेलाई शारदा मेट्रो अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।