२०८३ कार्तिक १० गते सोमवार

आज राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइदै

तुलसीपुर,१४ जेठ । राष्ट्रिय महिनावारी स्वच्छता दिवस आज देशभर विभिन्न कार्यक्रम गरेर मनादैछ । खानेपानी मन्त्रालयले आज काठमाडौको राष्ट्रिय सभा गृहमा एक भव्य कार्यक्रम आयोजना गरेको छ । महिनावारीका बारेको अझै पनि समाजमा गलत सोच रहिआएकाले जनचेतना अभिवृद्धी गर्नका लागि राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिएको मन्त्रालयका सहसचिव एवम आयोजक समितिका संयोजक अनिल भद्र खनालले सीआइएनलाई जानकारी दिनुभयो । कार्यक्रमको दिउसो १ बजे प्रतिनिधि सभाका सभामुख कृष्ण महराले उद्घाटन गर्ने बताइएको छ । कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालसंगै विभिन्न सांसद एवम स्थानीय जनप्रतिनिधिको सहभागिता रहने छ । महिनावारी वा मासिक धर्म प्राकृतिक शारीरिक प्रक्रिया भएपनि नेपाल सहित विश्वका धेरै देशमा छुवाछुतका रुपमा लिइने गरिएको छ । नेपालमा दैनिक करिव ३ लाख जना महिला तथा किशोरीको महिनावारी अथवा मासिक धर्म हुने गरेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।