२०८३ कार्तिक १२ गते बुधवार

सुनकोशी नदीमा गाडी खस्यो, तीन जना बेपत्ता

काठमाण्डौं, ९ भदौ ।  मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । हिजो बेलुका खोटाङबाट भक्तपुरका लागि छुटेको नम्बर खुल्न नसकेको गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन् । अर्का एक जना सुशान्त कक्षपति घाइते भएका छन् । उनको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घटनास्थलमा खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहित प्रहरी टोली खटिएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।