२०८३ कार्तिक १२ गते बुधवार

जीप दुर्घटनामा घाइते भएका ४ जनाको हेलिकप्टरबाट उद्धार

हुम्ला, ५ भदौ ।  हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ र ३ को गर्खा नजिकै रहेको गौरी सल्लामा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभयो ।

चङ्खेली–२ का सुरेन्द्रबहादुर शाही र तिलबहादुर शाही, मुगुको रारा छायाँनाथ नगरपालिकाका रमेश मल्ल र पृथ्वी रावललाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको उहाँले बताउनुभयो । यस्तै सामान्य घाइते भएका अन्य तीन जनालाई एम्बुलेन्समार्फत मुगु जिल्ला अस्पताल गमगढी लैजाने तयारी भइरहेको छ । आज बिहान कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप दुर्घटना भएको थियो ।।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।