२०८३ कार्तिक १२ गते बुधवार

राप्ती नदीमा फसेका बालकको एक घण्टापछि उद्धार

तुलसीपुर, २ भदौ । दाङको राप्ती नदीमा फसेका एक बालकको एक घण्टापछि उद्धार गरिएको छ । बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा राप्ती नदीको बिच भागमा फसेका राप्ती गाउँपालिका–३ खुरुरिया निवासी १३ वर्षका सुधन चौधरीको उद्धार गरिएको हो ।

घटनाको जानकारी पाए लगतै गएको जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलीले साढे ४ बजे उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । डीएसपी  तिमिल्सिनाका अनुसार राप्ती नदिको झोलुङ्गे पुलबाट डोरीका सहायताले दाउरा निकाल्ने क्रममा बालक नदिको बिच टापुमा खसेका थिए । 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।