२०८३ कार्तिक ११ गते बुधवार

दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एक युवकको मृत्यु

तुलसीपुर, १ भदौ ।  दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ निवासी २५ वर्षीय सम्राट गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरदेखी पश्चिमतर्फ जादै गरेको लु.प्र. ०२–००१ प ०९४६ नम्बरको मोटरसाइकल गएराती १० बजेको समयमा दंगीशरण–५ डाँडाचिस नजिकै रोकिराखेको रा १ त १४२२ नम्बरको ट्याक्टरमा पछाडीबाट ठोक्किन जादा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा राती ११ बजे नै मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । ट्याक्टरसहित चालक बबई गाउँपालिका–७ का २९ वर्षीय इन्द्र बहादुर डाँगीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।