२०८३ कार्तिक ११ गते बुधवार

अब लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौं, ३१ श्रावन ।  सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ । अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भएनभएको थाहा पाउने यातायात व्यवस्था विभागले जनाएको छ । यसका लागि ट्राफिक प्रहरीलाई विशेष किसिमको उपकरण दिइने छ । यो व्यवस्था लागू भएपछि छुट्टै लाइसेन्स बोकेर हिँड्न नपर्ने विभागको भनाइ छ ।

यसका लागि सफ्टवेयर बनिसके पनि उपकरण भने किन्नै बाँकी छ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र परीक्षण गर्ने उपकरण प्राप्त गर्नासाथ यो व्यवस्था लागू हुने यातायात व्यवस्था विभागको भनाइ छ । यसैबीच यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच हिजो समझदारी पत्रमा हस्ताक्षर भएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।