२०८३ कार्तिक ११ गते बुधवार

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्या मुद्दा

काठमाडौँ, ३० श्रावन ।  बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या मुद्दामा छानबिन हुने भएको छ । गत महिना नागरिक आन्दोलनका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान शुरू गरेको छ । मुद्दामा एक किराना पसलका मालिकको मृत्युको आरोप हसिनासहित पूर्वगृहमन्त्री असदुज्जामान खान, अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिर लगायत सात जनालाई लगाइएको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ । गएको जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो । विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर हसिनालाई भारततर्फ भाग्नु परेको थियो । आन्दोलनमा चार सय ५० भन्दा धेरै मानिस मारिएका थिए ।।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।