सप्तरी, २९ श्रावन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मधेश प्रदेश ०३–००१ ख ८१८१ नम्बरको क्लिङ्कर लोड भएको ट्रक दुर्घटना हुँदा ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । शम्भुनाथ–५ मोहनपुर पुलबाट खसेको ट्रकभित्र च्यापिएर चालक राईको मृत्यु भएको हो ।।
प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।