२०८३ कार्तिक ११ गते बुधवार

हात्तीको छावा मृत अवस्थामा भेटियो

काठमाण्डौ, २९ श्रावन ।  मोरङको बेलबारी–३ करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

छावाको मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीसहितको प्राविधिक तथा प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।