तुलसीपुर, २७ श्रावन । दाङको शान्तिनगरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ बिष्णुपुर निवासी ११ बर्षीय अनिष विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बौलाह खोलामा साथीहरूसंग नुहाउन गएको अवस्थामा शनिवार दिउँसो साढे २ बजेतिर सोही खोलामा डुबेर बालकको मृत्यु भएको हो ।
खोलामा डुबेर बगेका बालकको शव शान्तिनगर–५ रगैजास्थित सिचाईबाँधमा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) अजयजंग थापाले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।