२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा २० जना चडेको बस दुर्घटना, चालक फरार

तुलसीपुर, २५ श्रावन ।  दाङको तुलसीपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–५ निवासी ६० वर्षीया प्रमी चौधरी, तुलसीपुर–१९ निवासी रुचा कराला र तुलसीपुर–१४ निवासी ३२ वर्षीया गीता बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख ९१५ नम्बरको यात्रुबहाक बस आज शुक्रबार दिउसो साढे १२ बजेको समयमा तुलसीपुर–१९ ग्वारखोला नजिक अनियन्त्रित हुदा दुर्घटना भएको हो । घाइतेहरूको अवस्था सामान्य रहेको छ भने बसमा जम्मा २० जना सवार रहेको खुलेको छ । बसका चालक फरार रहेको र सहचालक घोराही–१४ निवासी २२ वर्षीय भुवन चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।