२०८३ कार्तिक ११ गते बुधवार

बाढी, पहिरो लगायतका विपद्मा परी १५० जनाको मृत्यु

काठमाडौं, १९ श्रावन ।  गत जेठ २८ गतेदेखि आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, चट्याङलगायतका विपद्मा परी १ सय ५० जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ४२ बागमती प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा २७ जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० कर्णाली प्रदेशमा ८ जना र मधेश प्रदेशमा ६ जना गरी जम्मा १ सय ५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो । प्रहरीकाअनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७७ जना घाइते भएका छन् ।

साथै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् । बाढीका कारण ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय १९ घर परिवार विस्थापित भएका छन् ।।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।