२०८३ कार्तिक ११ गते बुधवार

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाण्डौं, १९ श्रावन ।  काठमाण्डौको थापाथलीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । माइतीघरबाट थापाथलीतर्फ गुडिरहेको मधेस प्रदेश ०१ ००१ क २५१९ नम्बरको ट्याङ्करले समान दिशातर्फ गुडिरहेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा बसेकी ६२ वर्षकी सरस्वती तुलाधरको मृत्यु भएको हो ।

मोटरसाइकल चालक ६९ वर्षका ध्रुबराज तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।