२०८३ कार्तिक ११ गते बुधवार

भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

झापा, १८ श्रावन ।  झापाको हल्दिबारीको हुलाकी राजमार्गमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुवै जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई बिर्तामोडको बीएण्डसी अस्पातालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन् । भ्यानका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले पक्राउ गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।