२०८३ कार्तिक ११ गते बुधवार

चाँदीपूरा भाईरसका कारण ५३ जना बालबालिकाको मृत्यु

काठमाण्डौं, १७ श्रावन ।  गत जुलाई महिनामा भारतको गुजरातमा चाँदीपूरा भाईरसका कारण ५३ जनाको मृत्यु भएको छ । गुजरातको स्वास्थ्य विभागका अनुसार गुजरातमा मात्रै एक सय भन्दा बढी बालबालिकामा चाँदीपूरा भाइरसको सङ्क्रमण भएको छ । यस्तै, राजस्थान र मध्य प्रदेश राज्यहरूका केहि स्थानमा पनि यो भाइरस देखा परेको छ ।

भारत सरकारले अन्य राज्यमा नफैलियोस् भनेर चिकित्सकीय टोलीलाई खटाएको भारतिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतको राष्ट्रिय स्वास्थ्य सेवा केन्द्रकाअनुसार चाँदीपुरा भाइरस एक प्रकारको भुसुना जस्तो उड्ने किरा स्याण्ड फ्लाइबाट फैलिन्छ । यो भाइरसको उपचार नगरिए सङ्क्रमणको २४ देखि ४८ घण्टामै बालबालिकाको मृत्यु हुन्छ ।।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।