२०८३ कार्तिक ११ गते बुधवार

सवारी दुर्घटनामा परी एक सैनिकको मृत्यु

चितवन, १६ श्रावन ।  भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो ।

उहाँ तनहुँ भानु नगरपालिका–१२ का रहेको बताइएको छ । गएराति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँ सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते शार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।