२०८३ कार्तिक ११ गते बुधवार

खोलाले बगाउदा तुलसीपुरका एकजनाको मृत्यु

तुलसीपुर, १६ श्रावन ।   दाङमा खोलाले बगाउदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेज बहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार शान्तिनगर–४ गिदनियामा रहेको आफन्तको घरमा गएर फर्कीने क्रममा चिराघाट खोला तर्दै गर्दा आज दिउँसो १२ बजेको समयमा चिराघाट खोलाले मृतक तेज बहादुर र उहाँकै भाई ६४ वर्षीय चेत बहादुर भण्डारीलाई सँगै बगाएको थियो ।

चेत बहादुर भने पौडी खेलर बाहिर निस्कन सफल भएपनि तेज बहादुरलाई खोलाले बगाएर १ किलोमिटर तल पुर्याएको प्रहरीले जनाएको छ । खोलाले बगाइरहेको स्थानियले देखेपछी बाहिर निकाल्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।