काठमाडौं, १३ श्रावन । मध्य चीनको हुनान प्रान्तमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । यस्तै एक जना बेपत्ता भएका छन् । स्थानीय अतिथिगृह ध्वस्त भएको छ । चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटिभी) ले ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आधिकारिक प्रसारणकर्ता सीसी टिभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो ।
आज दिउँसोसम्म ११ जनाको शव र ६ जना घाइतेको उद्धार गरेको बताइएको छ । घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सीसीटिभीले समाचारमा उल्लेख गरेको छ । यस महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।