२०८३ कार्तिक ११ गते बुधवार

त्रिशूलीमा हराएका बस खोज्न आएको भारतीय टोली भेटाउन नसकेपछी फर्कियो

काठमाडौं, १३ श्रावन ।  चितवनको सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस खोजी गर्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । तर १० दिनसम्म अत्याधुनिक सोनार क्यामेरा, चुम्बकलगायतका उपकरणसहित खोजी गर्दासमेत फेला नपरेपछि भारतीय टोली आज स्वदेश फर्केको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी राख्ने उप्रेतीले जानकारी दिनुभयो । असार २८ गते चितवन महानगरपालिका–२९, सीमलतालमा पहिरामा परी २ वटा बस त्रिशुली नदीमा बेपत्ता भएका छन् । दुबै बसमा रहेका ६२ यात्रुमध्ये अहिलेसम्म २० जनाको शव भेटिएको छ । त्यसमध्ये ४ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।