२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते

तुलसीपुर, १२ श्रावन ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ६ प १०१४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ५ प १९३९ नम्बरको मोटरसाइकल तुलसीपुर–८ चमेखोला नजिकै आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

दुर्घटना परी रा ६ प १०१४ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–९ का २२ वर्षीय संगित चौधरी, रा ५ प १९३९ नम्बरको मोटरसाइकल चालक सल्यानको कालिमाटि गाउँपालिका–३ का ३३ वर्षीय हर्क बहादुर वली र सोही मोटरसाइकलमा पछाडी सवार उहाँकै छोरा १० वर्षीय डिम्पल वली रहेको उहाँले बताउनुभयो । घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।