जनकपुरधाम, ११ साउन । रोजगारीको सिलसिलामा भारतको जम्मु कश्मीर गएपछि बन्धक बनाइएका धनुषा र सिरहाका २८ जना मजदुरको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जनालाई उद्धार गरी धनुषा ल्याइएको धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएको पाइएपछी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारतीय स्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्यिा संस्थाको समन्वयमा नेपाल फर्काएको हो ।
बिहीबार साँझ नेपाल फर्काएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको हो । मन्त्रालयका सचिवसहितको उपस्थितिमा पालिकाहरुको रोहरबरमा सम्बन्धित परिवारका अभिभावकलाई जिम्मा लगाइएको बताइएको छ । मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेका उनीहरु ५ महिनादेखि पारिवारिक सम्पर्कमा थिएनन् ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।