काठमाडौं, ११ श्रावन । दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव इजरायली सेनाले फेला पारेको छ । बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले जनाएको छ । गाजा पट्टीको मुख्य शहर खान युनिसमा आक्रमण गर्ने क्रममा ती शव फेला पारिएको सेनाको भनाइ रहेको छ ।
सेनाले यसअघि गएको वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ । इजरायली सेनाले दिएको जानकारीअनुसार बन्धक बनाएका दुई सय ५१ जनामध्ये एक सय ११ जना अझै हमासको हिरासतमा रहेका छन् ।।
प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।