२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा स्कुटीको ठक्करबाट एक बालिका घाइते

तुलसीपुर, ८ श्रावन ।  दाङको तुलसीपुरमा स्कुटीको ठक्करबाट एक बालिका घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सल्यानको दार्मा गाउँपालिका–६ निवासी १४ वर्षीया सपना बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार तुलसीपुर–५ न्युरोडस्थित न्युरोडबाट पिपलबोटतर्फ आउदै गरेको लु.प्र. ००२–००१ प ०९२८ नम्बरको स्कुटीले पैद ल हिडिरहेकी सपनालाई आज दिउँसो पौने १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र स्कुटी चालक सल्यानको शारदा नगरपालिका–१४ का ४४ गोपाल बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।