२०८३ कार्तिक ११ गते बुधवार

दाङमा लागुऔषधसहित एक युवक पक्राउ

दाङ, ६ श्रावन ।  दाङको भालुवाङबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको प्युठान नगरपालिका– ४ घर बताउने २१ वर्षीय सुजन पुन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बेलुका ७ बजेको समयमा भालुवाङ स्थित बसपार्कमा लागुपदार्थ सेवन तथा ओसापसर भईरहेको छ भन्ने गोप्य सुचनाका आधारमा खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

लागु पदार्थ सेवन गरे जस्तो लठ्ठ परेको अबस्थामा पुनलाई लागुऔषध नाइट्राभेट–१० नामक ट्याबलेटहरु सहित पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका पुनमाथि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।