तुलसीपुर, २० असार । नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले जनवर्गीय संगठन भुत्तीदा पार्टी कम्जोर हुने बताउनु भएको छ । जनवर्गीय संगठनको अवस्था, यसको गठन र पुर्नगठनका विषयमा एमाले तुलसीपुर नगर कमिटीले आयोजना गरेको समिक्षात्मक बैठकलाई तुलसीपुरमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताउनु भएको हो ।
पार्टीलाई बलियो र गतिशील बनाउने आधार नै जनवर्गीय संगठनहरु भएकाले यसलाई चलायमान गराउनु पर्ने पाण्डेले बताउनुभयो ।
मिसन चौरासीलाई पुरा गर्नका लागि जनवर्गीय सँगठनहरु कृयासील हुनुपर्ने बताउँदै उहाँले यतिबेला खेतिपातीको सिजन पनि भएकाले किसानलाई सहज रुपमा डिएपी, युरिया, पोटास जस्ता रासायनिक मलको व्यवस्थापनमा समन्वयकारी भूमिका खेल्न निर्देशन दिनुभयो । नगर कमिटी सचिव रुपबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुम बस्नेतले जनवर्गीय संगठन पार्टीका बैशाखी भएकाले आफ्ना कृयाकलापहरुलाई तिब्र रुपमा अघि बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संंघ, राष्ट्रिय अपाङ्ग संगठन नेपाल, नेपाल उद्योथ व्यवसायी महासंघ, नेपाल ट्रेड युनिय, नेपाल वुद्धिजीवी परिषद, प्रेस चौतारी नेपाल, लोकतान्त्रिक थारु संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन लगायतका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।